"2513058968709111" /> समग्र लुम्बिनी अञ्चलको पर्यटन विकासका लागि ६ बुँदे कपिलवस्तु घोषणापत्र जारी ।। - अनिश शर्मा गैरे
Breaking News
recent

समग्र लुम्बिनी अञ्चलको पर्यटन विकासका लागि ६ बुँदे कपिलवस्तु घोषणापत्र जारी ।।

चैत्र २८ गते । 
लुम्बिनी अञ्चलका स्थानीय सरकार, पर्यटन व्यवसायी, पत्रकार, सञ्चारकर्मीहरुको भेलाले समग्र लुम्बिनी अञ्चलको पर्यटन विकासका लागि ६ बुँदे कपिलवस्तु घोषणापत्र जारी गरेको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजना जिल्ला विकास समिति कपिलवस्तु र कपिलवस्तु नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव उजिर मगरको प्रमुख आतिथ्यतामा सम्पन्न एकीकृत लुम्बिनी पर्यटन विकास कार्यक्रमबाट घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा शान्तिका अग्रदुत गौतम बुद्धसँग जोडिएका क्षेत्र र ऐतिहासिक, पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, सम्वद्र्धनमा जोड दिँदै लुम्बिनी अञ्चलका ६ वटै जिल्लाको विकास हेतु तत्काल एकीकृत पर्यटन योजना बनाउन सरकारले सहयोग गर्नुपर्ने, त्यसका लागि सबै जिल्लामा पर्यटन सूचना केन्द्र स्थापना र व्यवस्थित गर्नुपर्नेलगायत माग गरिएको छ । लुम्बिनी अञ्चलको समग्र पर्यटकीय विकासमा टेवा पुर्याउनका लागि ६ वटै जिल्लाका नेपाल पत्रकार महासंघका शाखाहरुसँग समन्वय गरेर लुम्बिनी पर्यटन पत्रकार मञ्च गठन गरी यस क्षेत्रको पर्यटन पत्रकारितालाई जोड दिने लक्ष्य पनि राखिएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.