"2513058968709111" /> इस्मारजस्थलको बाझाखर्कमा निर्माण हुनलागेको झोलुङ्गे पुलको युवा नेता भुसालद्वारा शिलान्यास ।। - अनिश शर्मा गैरे
Breaking News
recent

इस्मारजस्थलको बाझाखर्कमा निर्माण हुनलागेको झोलुङ्गे पुलको युवा नेता भुसालद्वारा शिलान्यास ।।

चैत्र २८ गते । 
गुल्मीको क्षेत्र नम्वर तीन स्थित इस्मारजस्थल गाविस वार्ड नम्वर ३ र ५ जोड्ने सिरार बाझाखर्कमा आज झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । नेपाल सरकारको सहयोगमा ४२ लाख लागतमा निर्माण हुन लागेको १ सय ३२ मिटर लामो उक्त पुलको आज एक कार्यक्रमका वीच नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवं युवा नेता दामोदर भुसालले शिलान्यास गर्नु भएको हो । झोलुङ्गे पुल शिलान्यास कार्यक्रममा बोल्दै क्षेत्रीय सभापति भुसालले विकास निर्माणको काममा कसैले पनि राजनीति गर्नु हुँदैन भन्दै विकास जनताको अधिकार वनेर घरघरमा आउनु पर्ने वताउनु भएको छ । कार्यक्रममा वोल्दै  भुसालले गाउँको विकासका लागि स्थानीयहरुले सवै राजनैतीक दलका नेताहरुलाई झक्झकाउनु आवश्यक भएको भन्दै विकास जस्ले गरेपनि त्यो जनताको प्रत्यक्ष आवश्यकतासंग जोडिनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । साथै उहाँले विकासका नाममा हुने गरेका अनियमितता र ढीला सुस्तीलाई जनताले समयमै खवरदारी गर्न आग्रह समेत गर्नु भएको थियो ।     पुल शिलान्यास समारोहमा वोल्दै रामराज्य उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महत, एकिकृत नेकपा माओवादीका जिल्ला सदश्य तोयनाथ सापकोटा, रामराज्य उच्च माविका प्राचार्य लाल बहादुर कुँवर, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं केन्दीय पार्षद जनार्दन घिमिरे, संचारीका समूहकी जिल्ला अध्यक्ष गगनसिला खड्का, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सिता अर्याल, निर्माण कम्पनीका कार्यक्रम संयोजक उदय कुमार मगर लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । झोलुङ्गे पुल निर्माण  सहयोग समितिका अध्यक्ष झविन्द्र अर्यालको सभापतित्व, स्थानीय शिक्षक माधव प्रसाद अर्यालको स्वागत र भगतसिंह खड्काको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सहयोग समितिको तर्फवाट झोलुङ्गे पुल निर्माण कार्यमा महत्वपूर्ण योगदान पुराएको भन्दै युवा नेता दामोदर भुसाललाई कार्यक्रमका विशेश अतिथि र सहयोग समितिका अध्यक्षद्वारा दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । पुलनिर्माण भएपछि ईस्मा रजस्थल लगायत त्यस क्षेत्रका अमरपुर, अर्जै, दोहोली, दर्लामचौर, अर्खावाङ्ग, छापहिले लगायतका गाविसका जनताहरु प्रत्यक्ष लाभान्वीत हुने स्थानीय कुलचन्द्र कुँवरले जानकारी दिनु भएको छ । निलगिरी निर्माण सेवा र लिखुवेनी निर्माण सेवाले निर्माण सम्पन्न गर्ने जिम्मा पाएको उक्त पुल यही दुई महिना भित्रमा निर्माण कार्य सम्पन्न हुने वताईएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.