गुल्मी जेहाङ्गकी ९ बर्षीया वालिका बलात्कार गर्ने बृद्ध पुजारीलाई १२ वर्ष कैद ।।
प्रेम सुनार, गुल्मी ।
चैत्र १८ गते ।।
केहि महिना अघि गुल्मीको जोहाङ्ग गाविसमा ९ वर्षिया वालिका वलात्कार गर्ने स्थानिय एक मन्दिरका बृद्ध पुजारीलाई आज गुल्मी जिल्ला अदालतले १२ वर्ष कैद सजाएँको फैसला गरेको छ । आज जिल्ला न्यायधिस ऋषिराम आचार्यको ईजलासले गत वर्षको चैत्र ६ गतेका दिन जोहाङ्ग १ को चोरकाटेस्थित परमानन्द शान्ति आश्रम शिवालय मन्दिरको छतमा स्थानिय ९ वर्षिया वालिकालाई बलात्कार गर्ने सोही मन्दिरका पुजारी ६५ वर्षिया खिमानन्द अर्याललाई १२ वर्ष कारावास सजाएँ र पिडित वालिकालाई ३० हजार रुपैयाँ निजबाट क्षतिपुर्ति दिलाउने फैसला गरेको हो ।
उक्त दिन अरु वालवालिका संगै खेल्न आएकी ति वालिकालाई मन्दिरमा अरुले चढाउन ल्याएको केरा, स्याउ सुन्तला लगायतका फलफुल खान दिई फकाएर त्यस मन्दिरका पुजारी अर्यालले माथी छतमा लगेर बलात्कार गरेको उजुरी परे पछि प्रहरीले तत्काल निजलाई पक्राउ गरेको थियो ।
जिल्ला अदालत गुल्मीले गत वर्षको चैत्र ८ गते देखि पुर्पक्षका लागि थुनामा राखेका उनलाई आज जिल्ला न्यायधिस ऋषिराम आचर्यको ईजालासले उक्त सजाएँको फैसला गरेको त्यस अदालतका श्रेस्तेदार रामविहारी मौर्यले जानकारी दिए ।

No comments: