"2513058968709111" /> डा। केसी समर्थकबाट माधव नेपाल घेरिए - अनिश शर्मा गैरे
Breaking News
recent

डा। केसी समर्थकबाट माधव नेपाल घेरिए

१८ चैत, काठमाडौं ।
 त्रिवि शिक्षण अस्पताल परिसरमा अनसनरत डा। गोविन्द केसीका समर्थकले एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई घेराउ गर्दै अपशव्द प्रयोग गरेका छन् ।
निजी कामले शिक्षण अस्पतालको इएनटी बिभागमा पुगेका नेपाललाई फर्किने क्रममा केसीका समर्थकहरुले घेरा हालेको नेपाल निकट स्रोतले जनाएको छ ।
नेपाललाई उनीहरुले एमालेको मेडिकल नीति के हो रु केसी अनसन बसेको यत्रो दिन हुँदा पनि किन माग पूरा नगरेको भन्दै प्रश्नको वर्षा गरेका थिए ।
अस्पतालबाट फर्किदा अचानक घेरिएका नेपाल केहीबेर अचम्ममा परेका थिए । उनले केसीका मागप्रति एमालेको बिरोध नरहेको भन्दै मनमोहनको नाममा हुने बिरोध एमालेलाई सैहृय नहुने बताएका थिए ।
‘विपीको नाममा अस्पताल मेडिकल कलेज खोल्दा समर्थन गर्ने, मनमोहनको नाममा नियतवस बिरोध गर्ने कुरा कसरी सैहृय हुन्छ रु लगातारका प्रश्नपछि नेपालले झोक्किदै भने ‘प्रक्रिया नपुगेका र मापदण्ड नपुगेकालाई सम्बन्धन दिनु हुदैन तर मनमोहनको नाममा नियोजित विरोध सैहृय हुन्न’ ।
केसीका समर्थकहरुले नेपालसँग एकपछि अर्को प्रश्न गर्दै उनका माग पढ्न सुझाव दिएका थिए । भीडबाट नेपाललाई सुरक्षाकर्मीले बाहिर निकालेपछि केसी समर्थकले एमाले, माधव नेपाल र राजेन्द्र पाण्डे विरुद्ध नाराबाजी गरेका थिए ।
पूर्व प्रधानमन्त्री नेपाल केसीको अनसनस्थलतर्फ भने गएनन् । यसअघि एमालेका उपमहासचिव घनश्याम भुषाल, सचिव योगेश भट्टराई लगायतका नेताहरु अनसनस्थल पुगेर एमालेको विरोध नगर्न आग्रह गरेका थिए ।
एमालेको आरोप
यसैबीच एमालेले केसीको अनसनस्थल एमाले बिरोधीहरुको कब्जामा रहेको र एमालेको बद्नाम गर्ने तथा एमाले नेताहरुको तेजोबध गर्ने प्रयास भइरहेको आरोप लगाएको छ ।
‘केसीको अनसनलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरिएको छ, आज विहानको घटनापछि हामी गम्भिर भएका छौं’ एमालेका एक प्रभावशाली नेताले भने ‘अनसनका नाममा एमाले विरुद्धको राजनीति सैहृय हुदैन, राजनीति गर्नेहरुले खुलेर मैदानमा आए हुन्छ’ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.