"2513058968709111" /> प्यूठानमा बम विस्फोट, एक जनाको मृत्यु - अनिश शर्मा गैरे
Breaking News
recent

प्यूठानमा बम विस्फोट, एक जनाको मृत्यु

चैत्र ५, ललितपुर,।प्यूठानमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ओखरकोट–५ आहालखोलामा आज दिउँसो २ बजेपछि बम विस्फोट हुँदा स्थानीय ६५ वर्षीया नमाकुमारी पोख्रेलको मृत्यु भएको हो ।
जङ्गलबाट दाउरा लिएर घरतर्फ आउँदै गर्दा पोख्रेलको बारीमा विस्फोट भएको र उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । द्वन्द्वकालदेखि लगातार खेती गर्दै आएको बारीमा विस्फोट भएकाले घटनाका बारेमा अनुसन्धान सुरु भएको उपरीक्षक कार्कीले बताउनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.