शनिवार समेत विद्यालयमा पढाई हुदै ।।
फाल्गुण १७–
बझाङ जिल्लाको एक विद्यालयमा शनिवार समेत पठन पाठन हुने गरेको छ । वार्षिक परिक्षा नजिकीदै जाँदा जिल्लाको विकट मानीने काँडा गाविस २ मा रहेको तपोवन प्राथमिक विद्यालयले शनिवार पनि पढाई गर्न सुरु गरेको हो । हिउद याममा हिमपातका कारण विद्यालय बन्दहुने र यार्शा संकलन गर्ने समयमा समेत ३ महिना विद्यार्थीहरु यार्शा संकलन गर्न जाने भएका ले विद्यार्थीको पढाईलाई मध्येनजर गर्दै शनिवार पनि पढाई गर्न थालीएको प्रधानाध्यापक दिपक रोकायाले जानकारी दिनुभयो । २०६४ सालमा स्थापना भई हाल कक्षा ३ सम्म संचालन भईरहेको उक्त विद्यालयमा सरकारी शिक्षक प्रधानाध्यापक रोकाया एकजना मात्र रहेका छन भने बालशिक्षामा जयन्ति बोहरा र एकजना निजी शिक्षक दिपक बोहरा रहेका छन । हाल ६० जना विद्यार्थी तपोवन प्राथमिक विद्यालयमा अध्ययन गर्दै आएका छन ।

No comments: