आज बाट एसएलसी अर्थात प्रवेशिका परिक्षा शुरु, बिभिन्न क्षेत्रहरुमा चीट चोर्ने र चोराउने परिक्षा बाट कार्बाहीमा कतै निष्काशित ।।
गृहिणी महिलाहरु पनि सहभागी,
पहिलो दिनको एसएलसी परीक्षा आज देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज अंग्रेजी विषयको परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षामा ५ लाख ७४ हजार ६ सय ८५ जना छात्रछात्रा सहभागी भएका छन ।
जसमा नियमित तर्फ २ लाख १२ हजार पाँच सय ४ जना छात्र र दुई लाख १३ हजार ७ सय १० छात्रा गरी जम्मा चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।
यसैगरी एग्जाम्टेड तर्फ भने छात्र ५९ हजार दुई सय ५३ जना र छात्रा ८५ हजार नौ सय ३० जना गरी जम्मा १ लाख ४५ हजार एक सय ८३ जना सहभागी भएका छन् ।
देशका विभिन्न स्थानमा गृहिणी महिलाहरु पनि प्रवेशिकापरिक्षा दिन सहभागी भएका छन् । नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य की पत्नी सुष्मा बैद्य पनि सहभागी हुनु भयो । त्यस्तै बुटवलको साधना महिला विद्यालयका पनि २५ जना महिलाहरु र काभ्रेमासातजना गृहिणी महिला एसएलसीि परिक्षामा सहभागी भए । यसैगरी एसिड आक्रमणमा परेर घाईते भएका किशोरीहरु पनि आजबाट प्रवेशिका परिक्षामा सहभागी भएका छन । उनीहरुलाई अस्पतालमै सहयोगी राखेर परिक्षा दिने व्यवस्था मिलाइएको हो ।
यसैबिच धनुषामा एलएलसी परिक्षामा चिट चोराउने चार जना निरिक्षक कारबाहीमा परेका छन् । जिल्ला शिक्षा अधिकारी शंकरकुमार कार्कीको नेतृत्वमा अनुगमन गर्न गएको टोलीले जिल्लाका विभिन्न परिक्षा केन्द्रबाट चार जना निरिक्ष्कलाई निश्काषन गरेको हो ।
मिथिलेश्वर महुवाही मावि, महेन्द्र उच्च मावि, आर्दश मावी र जनता जयसवाल उच्च मावि बाट परिक्षा निरिक्षक निश्कासनमा परेका हुन् ।
उता एसएलसी परीक्षाको पहिलो दिन आज भएको अनिवार्य अंगे्रजी विषयको परीक्षामा सर्लाहीमा दुई जना परीक्षार्थी र दुई जना परीक्षा गार्ड निष्काशित भएका छन् । परीक्षामा अर्मयादित गतिविधी गर्ने महावीर जनता उमावी कर्मैया र महेन्द्र्र जनता उमावी हरिपुरबाट दुई जना विद्यार्थी निष्काशनमा परेका हुन् । निष्काशनमा परेका विद्यार्थीको आजको परीक्षा स्थगित भएपनि आगामी दिनका परीक्षा भने दिन पाउने बताईएको छ । परीक्षामा जिल्ला शिक्षा कार्यालयको निर्देशन पालना नगर्ने गम्हरीया मावीका परीक्षा गार्ड सुरेन्द्र चौधरी र खहेरु रायलाई निष्काशन गरिएको छ । यसैबिच वामी, ईन्द्रगौडा, बाग्लुङ्को खर्बाङ् लगायतका स्थानमा पनि मर्यादित रुपमा परिक्षा सञ्चालन भएको केन्द्रका केन्द्रध्यक्षहरुले जानकारी दिनुभयो ।।

No comments: