"2513058968709111" /> सामुदायिक रेडियो पुष्पाञ्जलीको प्रथम साधारण सभा सम्पन्न, समाुदायिक रेडियोले जनाताको आबाज बोल्नुपर्ने पत्रकार धमलाको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

सामुदायिक रेडियो पुष्पाञ्जलीको प्रथम साधारण सभा सम्पन्न, समाुदायिक रेडियोले जनाताको आबाज बोल्नुपर्ने पत्रकार धमलाको भनाई ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली वामीटक्सार गुल्मी
चैत्र ०७–
सामुदायिक रेडियो पुष्पञ्जली ९७ दशमलब ४ मेगाहर्जको प्रथम साधारण सभा तथा शेयर भेला सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालबाणी नेटवर्ककका प्रबन्ध निर्देशक रबिन्द्र प्रसाद रिजालले रेडियो बिकासको लागी प्राबिधिक सहयोग गर्ने उद्घोष गर्नुभयो ।
त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि रिपोर्टंस क्लब नेपालका अध्यक्ष तथा नेपालबाणी नेटर्वकबाट सञ्चालन हुने कार्यक्रम बाणी बहसका सञ्चालक ऋषि धमलाले रेडियो समग्र देश र जनाता सबैको को साझा भएको भन्दै यस सामुदायिक रडियो पुष्पाञ्जलीलाई देश र जनताको आबाज बोल्ने रेडियोको रुपमा देख्न चाँहेको बताउनुभयो ।
रेडियो लाई अक्सिजन सरह सहयोग आबश्यक रहेको भन्दै उहँँले रेडियोलाई प्राबिधिक रुपमा पुर्ण बनाउने प्रतिबद्धता सेमत ब्यक्त गर्नुभयो । साथै उहाँले यस रेडियो सबैको साझा सम्पति भएको हुनाले रेडियो सम्पुर्णको प्रिय हुने पर्ने बताउनुभयो ।
साथै उहाँले मुलुकको राजनीतीक अबस्थालाई अङ्कित गर्दै देशलाई लोकतान्त्रीक सबिंधानको आबश्यक रहेको उल्लेख गर्नुभयो । सबै राजनीती दलहरुको एकता आबश्यक रहेको उहाँको भनाई रहेको छ । सबिंधान निर्माणमा पत्रकारहरुको दबाब आबश्यक रहेको उल्लेख गनूभयो ।
प्रेस स्वातन्त्रतालाई रक्षा, देशको बिकास गर्ने पक्षनै सामुदायिक रेडियो भएको उहाँको भनाई छ ।  यहाँका जनाताले बिकास खाजेका्े भन्दै उहँँले अबको राजनीतीक नेतृत्को ध्यान यता तर्फ जनाुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नबराज भुषाल, जिल्ला महिला समन्वय समिति गुल्मीकी उपाध्यक्ष बिष्ण्ुा कुमारी सापकोटा, युबा नेता तथा करेसाबारीका अभियन्ता दामोदर भुषाल, सञ्चारीका समुह गुल्मीकी अध्यक्ष गगनशीला खड्का, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ती टंकनाथ भण्डारी, नेपाली काङग्रेस वामी सचिब तेजेन्द्र बहादुर जि.सी, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, , पत्रकार महासंघका केन्द्रिय पार्सद तथा सामुदायिक रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल, लगायतले मन्तब्य ब्यक्त गर्दै रेडियोको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको थियो ।
कार्यक्रममा रेडियो सञ्चालक समिति अध्यक्ष सुदर्शन शाक्यले रेडियो स्थापना कालको १८ महिलाको प्रगती बिबरण तथा आगामी योजनाहरु समेटिएको प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएके थियो । भने रेडियो सञ्चालक समितका कोषध्यक्ष दिनेश खातीले स्थापनाकाल देखी २०७१ पौष मसान्त सम्म १३ लाख ९३ हजार १ सय ४१ रुपैया आम्दानी, ८ लाख ६३ हजार ६ सय ७५ रुपैया खर्च तथा ५ लाख २९ हजार ४ यि ६६ हजार बचत सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि, रेडियोका शेयर सदस्यहरु, कर्मचारी, पत्रकार लगायतलाई पनि बिशेष मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा बिभिन्न स्थानीय कलाकारहरु आस्था थापाको बिशेष प्रस्तुती सँगै सिर्जनशील आमा समुह मुसीकोट द्धारा नृत्य प्रस्तुत गरिएको थियो ।

रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षता, उपाध्यक्ष भिमसेन केसीको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन रेडियोका कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।
२०७० साल जेठ २८ गतेबाट वामीमा प्रत्यक्ष प्रशारण शुरु गरेका सामुदायिक रेडियो पुष्पाञ्जलीले २०७० भदौ १ गतेबाट पनियमित प्रशारण शुरु गरेको थियो । हाल रेडियाबाट बिहान र बेलुका गरी २ पटक आफ्नै उत्पादनमा समाचार सम्प्रेषण गर्दे आएको छ । भने दिनको प्रत्येक घण्टा नेपालबाणी नेटर्वकबाट राष्ट्रिय खबरहरु प्रशारण गर्दै आएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.