"2513058968709111" /> वामी गाबिसमा बन्द हड्तालका कार्यक्रम सधैका लागी बन्द, चैत्र २६ गते खुल्ला दिशा मुक्त गाबिस घोषणा हुँदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

वामी गाबिसमा बन्द हड्तालका कार्यक्रम सधैका लागी बन्द, चैत्र २६ गते खुल्ला दिशा मुक्त गाबिस घोषणा हुँदै ।।

अनिश गैरे, सामुदायिक रेडियो पुष्पाञ्जली, वामीटक्सार गुल्मी ।। 
चैत्र १७ गते ।।
वामी गाबिस आउँदो चैत्र २६ गते खुल्ला दिशा मुक्त गाबिस घोषणा हुने भएको छ । वामी गाबिस भित्रका राजीनतीक दल, वडा नागरीक मञ्चका सयाेंजकहरु, बिभिन्न सरकारी तथा गैर सरकारी संघसँस्थाका प्रतिनिधिहरु, शिक्षक, महिला, पत्रकार लगायतको बिशेष बैठकले सोही निर्णय गरेको हो । वामी गाबिस भबनमा सम्पन्न बैठकमा वामी गाबिसलाई पुर्ण साक्षर, पुर्ण बिद्यालय भर्ना, कालो प्लास्टीक मुक्त, पुर्ण उज्यालो, सुचना तथा सञ्चारको पहुँच पुगेको गाबिस घोषणा हुने भएको छ ।
बैठकमा वामी गाबिसका क्रियाशिल राजनीतीक दलहरुले वामी गाबिसलाई बन्द हड्ताल मुक्त गाबिस बनाउने घोषणा समेत गरेका छन । नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जिसी, नेकपा एमाले वामीका अध्यक्ष नारायण सापकोटा, एमाओबादका अध्यक्ष भुबन केसी, राष्ट्रिय जनमोर्चाका तर्फबाट मोहनलाल श्रेष्ठ, नेकपा माओबादीका तर्फबाट शिबलाल नेपाली लगायत राजनीतीक दलका प्रमुख तथा प्रतिनिधिहरुले सोही घोषणा गरेका हुन ।
बैठकमा महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य भिमलाल सापकोटा, शारदा बिद्या मन्दिर माबि वामी मैदानका प्रद्यानाध्यापक ज्ञानहरी सापकोटा, वामीटक्सार स्वास्थ्य चौकी वामीका ईन्चार्ज नारायण सापकोटा, सामाजीक पचिालक गँगा रायमाझी, लगायतको उपस्थिती रहेको थियो ।
वामी गाबिस सचिब सुर्य बहादुर सुमईको अध्यक्षता रहेको बैठकको सहजीकरण कार्यालय सहयाक उज्जवल खत्रीले गर्नुभएको पत्रकार लोक प्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.