"2513058968709111" /> रेसुंगाको यज्ञ भोलि (शनिबार) समापन हुने - अनिश शर्मा गैरे
Breaking News
recent

रेसुंगाको यज्ञ भोलि (शनिबार) समापन हुने

विशाल भट्टराई
गुल्मी, चैत १३
प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा गत चैत ८ गते बाट सुरु भएको श्रीमद्देवि भागवत नबाहज्ञान महायज्ञ भोलि शनिबार चैत १४ गते समापन हुने भएको छ । गुल्मी जिल्ला सहित पश्चिम नेपालका थुप्रै जिल्लावासीहरूले ठूलो महत्वका साथ लिने पवित्र धार्मिक क्षेत्र रेसुङगामा शनिबार देखि चैत १५ गते सम्मका लागि पण्डित भिमकान्त पन्थीले कथा प्रवचन सुरू गर्नुभएको थियो ।
चैत १४ गते सम्म संचालन भएर १५ गते पूर्णाहुतीका साथ सम्पन्न गर्ने तयारी गरिएको महायज्ञ तिथि घटेको कारणले ८ दिन मात्रै संचालन भई भोलि शनिबार समापन हुन लागेको रेसुंगा संरक्षण समितिका उपाध्यक्ष कुन्जरमणी गौतमले जानकारी दिनुभयो । शनिबार विशेष होमन गरि सामुहिक रुद्री समेत भोलि सम्पन्न गरि नबाह ज्ञानमहायज्ञलाई सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
श्रीमद देवि भागवत साथ नवाहज्ञान महायज्ञका साथ बेदपाठ, चण्डी, लघुरुद्री, गितापाठ, साथै दैनिक भजन कृतन लगायतका कार्यक्रम यज्ञमा भएको आयोेजकले जानकारी दिएको छ । हरेक साउने औंसी र कात्तिके ठूला एकादशीमा भव्य मेला लाग्ने गुल्मीको ऐतिहासिक तपोभूमी रेसुङगाबाट विशेषत उत्तरपूर्वका हिम श्रृङखलाहरू र गुल्मी, अर्घाखाँची, पर्वत, बाग्लुङ र पाल्पाका सुन्दर गाउँ वस्तीहरुको मनमोहक दृश्यावलोक गर्न पाइन्छ ।
यसैबिच आफ्नो चौरासी पूजाको अवसरमा संकल्प गरे अनुसार रेसुङगा नगरपालिका एक तम्घास निबासि मथुराप्रसाद श्रेष्ठ तथा श्रीमती विष्णु कुमारी श्रेष्ठले रेसुंगा गौशालामा रहेका गाईहरुको ब्यवस्थापन र पालनपोषणका निम्ति ५३ हजार ५५ रुपैँया र श्रीमद देबि भागवत नबाह ज्ञानमहायज्ञको लागि रु २ हजार ५ सय समेत गरि जम्मा ५५ हजार ५ सय ५५ दान गर्नुभएको छ । एक कार्यक्रमका विच रेसुङगा यज्ञशालामा महायज्ञ संचालन स्थनमै उहाँहरुले रकम प्रदान गर्नुभएको हो ।
कार्यक्रममा तम्घासका समाजसेवि नर प्रसाद श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख द्धय शशी पन्थी र प्रेमनाथ अर्याल, क्याम्पस प्रमुख चन्द्रकान्त पन्थी, सहायक क्याम्पस प्रमुख ढुण्डिराज पोख्रेल, नेपाली कांग्रेसका उपसभापति भुवन श्रेष्ठ, गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष दुर्गा पाण्डे, निबर्तमान अध्यष कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.