"2513058968709111" /> बाग्लुङ्गको रिघा ७ मा भिषण सुख्खा पहिरो, मध्यपहाडी लोकमार्ग अबरुद्ध, थुनिएको दरम ओभरफ्लो भइ बग्न थाल्यो ! (तस्वीर) - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ्गको रिघा ७ मा भिषण सुख्खा पहिरो, मध्यपहाडी लोकमार्ग अबरुद्ध, थुनिएको दरम ओभरफ्लो भइ बग्न थाल्यो ! (तस्वीर)

अनिश शर्मा गैरे, वामी गुल्मी 
बाग्लुङ्गको रिघा ७ को मनेवापाटामा एक्कासी गएको भिषण सुख्खा पहिरोले जनजीवन त्रस्त बनाएको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग खण्ड पुरै अबरुद्ध बनाउनुको साथै दरम खोलालाइ थुनेको छ । माथीबाट करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोला थुनेको थियो । करिब २ घण्टा भन्दा बढी थुनिएको दरम अहिले भने ओभरफ्लो भएर बग्न शुरु गरेको छ ।
पानी बग्न शुरु गरेपछि भने स्थानीयहरुले केही मात्रामा भएपनि राहात महसुश गरेका छन । खोलाको किनारमा बस्ती भएका तथा खोलाको छेउछाउमा काम गरिरहेका स्थानीयहरुलाइ त्याहाबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्ह गरेको छ ।
प्रहरीचौकी खर्बाङ्गका प्रमुख प्रनानी भोजराज बानियाका अनुसार हिजो बाट नै माटो खस्न शुरु गरेका थियो भने बिहान ५ बजेको समयमा उक्त भिषण पहिरो गएको थियो ।

पहिरोले मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरी उद्धार गरी अन्यत्र सारेको छ ।
पहिरोको कारण मध्यपहाडी लोकमार्ग पुर्ण रुपमा ठप्प भएको छ । एक्कासी गएको पहिरोले सडक केही दिन सम्म सञ्चालनमा आउने सक्ने स्थिती नभएको प्रनानी बानियाको भनाइ रहेको छ ।
उहाँका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउन नसकिने भएको कारण ठुला उपकरणहरु आबश्यउक पर्ने र सडक खुल्न एक हप्ताजति लाग्न सक्ने छ ।
सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन ।
यातायातको लागि वामीटक्सार–काँडेबास–हटिया सडक खण्डलाइ बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।
त्यस क्षेत्रमा केही दिन यता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतीको काम चलिरहेको थियो ।
जस्ले गर्दा जमिन कमजोर भइ पहिरो गएको हो ।
रिपोर्टिङ्गको क्रममा घटनास्थलमा पुग्दा पहिरोले आफ्नो घर जोखिममा पारेपछि बृद्धा मनकुमारी शाही आशु पुछिरहेकी देखिइकी थिइन । उनी भन्दै थिइन पहिरोले मेरो सबै लग्यो, अब म के गर्ने ? बिकासका कामहरुले आफुलाइ घरबार बिहिन बनायो ।
उनलाइ अब कसो गर्ने भन्ने चिन्ता भएको छ ।

No comments:

Anish gaire. Powered by Blogger.