"2513058968709111" /> रुद्रावति शैक्षिक बिकास केन्द्रद्धारा अध्यक्ष सापकोटालाइ सहयोग हस्तान्तरण ! - अनिश शर्मा गैरे
Breaking News
recent

रुद्रावति शैक्षिक बिकास केन्द्रद्धारा अध्यक्ष सापकोटालाइ सहयोग हस्तान्तरण !

रुद्राबति शैक्षिक बिकास केन्द्रले आफ्ना अध्यक्ष भिमलाल सापकोटा स्वास्थ्य उपचार गरी आफ्नै निवास फर्किएपछि खुशीयाली मनाएको छ ।
 आज उहाँकै निवासमा एक कार्यक्रमको आयोजना गरी उहाँको स्वास्थ्य लाभको पनि कामना गरिएको छ । केन्द्रको फाल्गुण ६ गते मजुवामा बसेको बैठकले अध्यक्ष सापकोटाको शिघ्र स्वास्थ्य लाभको कामना सँगै उहाँलाइ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको थियो सोही अनुसार आज एक कार्यक्रमका बिच उहाँलाइ सहयोग समेत हस्तान्तरण गरिएको छ । 
केन्द्रका सहसचिब रामकृष्ण कंडेल तथा सदस्य सरिता कक्षपतिको उपस्थितीमा सो सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा महेन्द्र आदर्श उमाबिका शिक्षक द्धोय मृगेन्द्र प्रसाद रिजाल, हरिनारायण सापकोटा, रेडियो पुष्पाञ्जलीका स्टेशन म्यानेजर प्रकाश घिमिरे, सिजन बौद्धाचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम पछि बोल्दै अध्यक्ष सापकोटाले आफुप्रति गरिएको यो माया तथा सदभाब प्रति आफु आभारी रहेको बताउनुभएको थियो ।

No comments:

Anish gaire. Powered by Blogger.