"2513058968709111" /> रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्डको स्तरोन्नतीको काम तिव्र ! - अनिश शर्मा गैरे
Breaking News
recent

रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्डको स्तरोन्नतीको काम तिव्र !

अनिश शर्मा गैरे, वामी गुल्मी 
देशकै सबैभन्दा बढी ब्यस्त हुने भनिएको रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्डको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । अहिले कुर्घा गाबिस देखी वामी सम्मको बाटो निर्माणका काम धमाधम भइरहेको हो । सडकमा २ ओटा सम्म डोजरको प्रयोग गरी सडक बिस्तारको काम भइरहेको छ ।
सडकको छेउछाउ तथा कुनामा वाल लगाउने तथा खन्ने काम पनि धमाधम भइरहेको छ । 
ठाँउ ठाँउमा सडक निर्माणको काम भइरहेका हुँदा निकै बेर सम्म त्यसै रोकिनु पर्ने समस्या देखिएपनि सडको स्तरोन्नती हुने भनिएपछि यात्रुहरु पनि खुशी छन । सडक पहिलेको भन्दा निकै फराकिलो बनाइएको छ । गाडीहरु सहज रुपमा आवातजात गर्न सक्ने सडक बनेको छ । यात्राको क्रममा गाडीहरु साइड दिन निकै समस्या हुने सडकमा अब त्यस्तो समस्या छैन ।
सडक निर्माणको काम देख्दा अब यहाँका स्थानीयहरुको केही मात्रामा भएपनि राहात पाउने अपेक्षा गरेका छन । सडक स्तरोन्नतीको क्रम वामी ३ परुवामा आइसकेको छ । अबको केही समयमै यस सडकको पिच गर्ने गरी काम अगाडी बढेको हो । 
यसैबिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले यस बाटोमा ठेकेदारले काम गरेर सकेमा जति आबश्यक पर्छ त्यत्तिनै मात्रामा बजेट उपलब्ध गराउनुे जानकारी दिनुभएको छ । 

No comments:

Anish gaire. Powered by Blogger.