"2513058968709111" /> स्वास्थ्य उपचार पछि वामीका भिमलाल सापकोटा घर फिर्ता ! - अनिश शर्मा गैरे
Breaking News
recent

स्वास्थ्य उपचार पछि वामीका भिमलाल सापकोटा घर फिर्ता !

अनिश शर्मा गैरे, वामी गुल्मी ।।
गुल्मी जिल्लाका अधिकाशं शैक्षिक संस्थाहरुका हस्तीको रुपमा स्थापित हुनुभएका भिमलाल सापकोटा वामी आफ्नै घर फर्किएपछि उहाँका आफन्तजन, इष्टमित्र, सहकर्मी, शिक्षक, बिद्यार्थीहरुले आज खुशीयाली मनाएका छन । 
महेन्द्र आदर्श उमाबि वामीका प्राचार्य सापकोटा फर्किएपछि उहाँको स्वागतमा आज बिद्यालयमा एक बिशेष कार्यक्रमा समेत सम्पन्न गरेका हुन । 
विद्यालयको कामको शिलशिलामा वुटवल पुगेर फर्किदै गर्दा मंसिर ८ गते पाल्पाको अर्गेली कमलपोखरमा ब–गाडी दुर्घटना हुँदा त्यस विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष वसन्त कार्कीको उपचारको क्रममा सोही दिन साँझा नै ज्यान गएको थियो भने प्राचार्य सापकोटा हाल सम्म काठमाण्डौको न्युरो अस्पतालमा उपचार गरी घर वामी फर्कनुभएको हो ।
मंसिर ९ गते वुटवल हुँदै काठमाण्डौंको न्युरो अस्पतालमा वेहोस अवस्थामा रिफर गरिएका सापकोटा त्यहाँ भर्ना गरेको ११ दिन पछि होसमा आएमा थिए । वुटवलमा भेट्न पुगेका सारा आफन्तजनले माया मारी सकेका सापकोटाको टाउँको र शरिरका अन्य सातआठ ठाउँमा गम्भीर चोट लागेको थियो ।
गुल्मी जिल्लामा शैैक्षिक क्षेत्रका हँस्तीहरु मध्ये एक मानिने सापकोटा विगत ३० वर्ष देखि महेन्द्र आदर्श उच्च माध्यामिक विद्यालय वामीमा अनवरत शिक्षक रहेका छन् भने प्रधानध्यापक र प्राचार्य सहित १६ वर्ष देखि त्यस विद्यालयको कुशल प्रशासक रहँदै आएका छन् ।
नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष रहेका सापकोटा शिक्षक संघ गुल्मीको उपाध्यक्ष , रुद्रवती शैक्षिक विकास केन्द्र तुराङ्ग मजुवाका लगातार चार कार्यकाल देखि अध्यक्ष रहेका छन् । त्यस्तै रुद्रवती वहुमुखी क्याम्पस वामीका सञ्चालक समिकिा सदस्य , हिस्तान गुल्मको कक्षा ११ र १२ का विद्यार्थीको आन्तरिक परिक्षा समितिको संयोजक समेत रहेका सापाकोटा प्रति सहानुभुति प्रकट गर्नेहरुको अहिले सम्म पनि अपार भिड लाग्ने गरेको छ ।
वामी–३ परुवाका स्थायी वासीन्दा सापकोटा भन्छन् –‘मैले अरु नकमाए पनि सुभेच्छुक धेरै कमाएको रहेछु । जो जसले म प्रति सहयोग र साहनुभुति प्रकट गर्नु भयो , त्यस प्रति आभार प्रकट गर्नु चाहन्छु ।’
तस्वीर : मुसीकोट न्युज

No comments:

Anish gaire. Powered by Blogger.