"2513058968709111" /> जनताले हराएका ब्यक्तिहरुको पछाडी लाग्दा हामीले दुख पायौ : सासंद भण्डारी ! - अनिश शर्मा गैरे
Breaking News
recent

जनताले हराएका ब्यक्तिहरुको पछाडी लाग्दा हामीले दुख पायौ : सासंद भण्डारी !

गुल्मीका बिकासको लागि एक अर्ब बजेट छुट्टाएको भनाइ 

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, वामी गुल्मी ।।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासंद माननीय चन्द्र भण्डारीले जनताले हराएका ब्यक्तिहरुको पछाडी लाग्दा आज देशले दुख पाएको बताउनुभएको छ । आज वामीका बिभिन्न क्षेत्रहरुमा कार्यकर्ता भेटघाटको क्रममा उहाँले केही हारेका ब्यक्तिहरुको मागहरुको कारणले देशमा सबिंधान कार्यान्वयनमा जटिलता थपिएको बताउनुभएको हो । सासंद भण्डारीले सबिंधान कार्यान्वयनमा सघिंयताले जटिलता थपेमा जनमत संङग्रहमा जानुपर्ने बताउनुभयो । 
समाजमा राजनीतिक दलहरुले जनतालाइ बिभाजन गरेको बताउँदै नेता भण्डारीले सानो तह बाट नै नेतृत्व गर्ने ब्यक्तिहरु भ्रष्ट हुँदा देशले जटिल परिस्थिीमा रहनुपर्ने बाध्यता रहेको बताउनुभयो । प्रदेश नम्बर ५ को आन्दोलनको बिषयमा कुरा गर्दे भण्डारीले प्रदेश ५ को बिषयमा कुरा गर्ने अधिकार अन्य प्रदेशका स्थानीयहरुलाइ नभइ यही प्रदेशका जनताहरुको भएको धारणा राख्नुभयो । 
बिकास सम्बन्धी बिषयमा बोल्दै सासंद भण्डारीले देशमा नेताहरुले आफु र आफ्नाहरुलाइ मात्र बनाउने काम गरेको बताउँदै गरिब जनताको पक्षको काममा आफु लागेको बताउनुभयो । उहँँले गुल्मी जिल्ला लाइ बिकासको नमुना जिल्ला बनाउनको लागि १ अर्ब बजेट बिनियोजन गराएको बताउनुभयो । उहाँले जनताले जे मागे पनि पुरा गरिदिन आफु तयार रहेको बताउनुभयो । बडिगाढ नदीमा डेढ किलोमिटरको दुरीमा पुलहरुको योजना पारेको बताउँदै भण्डारीले अरुले गरेका काममा आफ्नो जश लिन खोज्नेहरु प्रति आफुले भन्दा फरक काम गरेर देखाउन चुनौती दिनुभयो । उहाँले जनतालाइ काम गरेका ब्यक्तिहरुको सम्मान गर्न पनि आग्रह गर्नुभयो । आफुले गरेका काममा अन्य ब्यक्तिहरुले आफ्नो भनेर जस लिन खोजेको प्रति उहाँले जनताहरु आफै सचेत हुनुपर्ने बताउनुभयो । गलत गर्नेलाइ सबैले औला ठड्याउनुपर्ने तथा काम गर्ने ब्यक्तिलाइ सम्मान गर्नूपर्ने उहाँको भनाइ छ । 
सालझण्डी तम्घास सडकखण्ड अब एक दुइ महिनामै तम्घास जोडिने जानकारी दिदै उहाँँले अब बुटवलबाट तम्घास डेढ घण्टा मै आउने सकिने बताउनुभयो । देशकै सबैभन्दा बढि ब्यस्त सडक रिडी रुद्रबेणी वामीटक्सार सडक खण्डको काम पनि धमाधम भइरहेको बताउँदै उहाँले ठेकेदार काम गरेर भ्याएसम्म आफु बजेटमा कमी हुन नदिने बताउनुभएको छ ।
पुर्तिघाट देखी पर्वत जोड्ने पुलको निर्माणको लागि १५ देखी २० करोड बजेट आफुले बिनियोजन गरेको बताउँदै उहाँले गुल्मीलाइ बिकासमा नमुना बनाउन आफु हदैसम्म लागेको भनाइ राख्नुभयो । 
सासंद भण्डारीले वामी १ बसेरी, वामी ७ सनकौल, वामी ७ ठुलाखर्क, वामी ७ पुरानागाँउ, वामी ८ मालारानी, वामी ४ मैदान, वामी टक्सार लगायतका क्षेत्रमा कार्यकता भेटघाट गर्नुभएको छ ।
कार्यक्रमका अवसरमा स्थानीयहरुले आफ्नो मागहरु प्रस्तुत गरेका थिए । सासंद भण्डारीले वामी ७ सनकौलमा रहेको जनताको आफनै लगानीको पावरहावसलाइ १५ लाख, वामी १ बसेरी रुक्से हुँदै अर्लाङ्कोट तथा काँडेबास पुग्ने सडकको लागि रु १ करोड र यसलाइ डिपिआरमा परेमा करोडौ बजेट उपलब्ध गराउने बताउनुभयो । सासंद भण्डारीले वामी ९ सुदीमा तथा भुवाचिदीमा पक्की पुलको पनि योजना पारेको जानकारी दिनुभयो ।   त्यसैगरी वामी ७ ठुलाखर्कमा रहेको ठुलाखर्क प्राबिमा कम्प्युटर, फर्निचरका सामग्रीहरु, वामी ७ पुरानागाँउमा रहेको सहिद सम्शेर प्राबिको लागि १५ लाख बराबरको ब्यबस्थाकीय सामग्रीहरु प्रदान गर्ने घोषणा गर्नुभएको छ । साथै बिभिन्न वडाहरुमा खेलकुदका सामग्री तथा खेल मैदानको ब्यबस्थापन गरिदिने आश्वसान समेत दिनुभएको छ । वामी मैदानमा रहेको शारदा बिद्या मन्दिर माबिको अवलोकन गर्दे बिद्यालयलाइ आबश्यक रकम उपलब्ध गराउने, वामी ४ भलेकामा रहेको खड्कदेबी प्राबिलाइ कम्प्युटर तथा तारबारको लागि ब्यबस्थापन गरिदिने, मालारानी प्राबिमा पनि कम्प्युटर तथा कम्पाउण्डको लागि पहल गर्ने बताउनुभयो । कार्यक्रमकै अवसरमा वामीका समाजसेवी तथा हाल अमेरीकामा रहनुभएको नेपाली काँग्रेका नेता तथा जिबिसका पुर्ब सदस्य हरि नारायाण सापकोटाले खड्कदेबी प्राबि वामी ४ मा रहेका बिद्यार्थीहरुलाइ दिवा खाजाको लागि प्रति बर्ष १५ हजारका दरले दुइ बर्ष सम्म उपलब्ध गराउने र आगामी बर्षको लागि अन्य पहलरु गराउने बताउनुभयो । साथै सापकोटा ले नै वामी ७ पुरानागाँउमा रहेको सहिद सम्शेर प्राबिका बिद्यार्थीहरुलाई दिवा खाजाको लागि १५ हजार रुपैया उपलब्ध गराउनुभयो । 
यस्तै सांसद भण्डारीले वामी बजारबाट शालीमे दह सम्म जोड्निे बाटो, वामी मालारानीको बाटो तथा अन्य सडकलाइ पनि १ करोड रकम बिनियोजन गरेको बताउनुभयो । त्यसैगरी वामी मैदान, ठुलाखर्क तथा अर्लाङ्गोट पुग्ने सडकको लागि एक करोड ब्यबस्था गरेको बताउनुभयो । अन्य धेरै सडक तथा जनताका आबश्यक बिकासका कामहरुलाइ आबश्यक बजेट उपलब्ध गराउने बताउनुभयो । 
वामी जिल्लाकै सुरक्षित क्षेत्र भएको हुनाले यस क्षेत्रमा एकिकृत बस्ती बसाउन सकिने र यस क्षेत्रमा रिँगरोड तथा कभर्डहलको लागि पन िआफु प्रयासमा रहने बताउनुभयो । 
यसेबिच कार्यक्रमको अवसरमा बडागाँउ बाट १२ जना तथा वामी बाट १६ जना अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रबेश गरेका छन । 
नव प्रबेशीहरुलाइ सासंद भण्डारीले फुल मालाले स्वागत गर्नुभएको थियो । 
कार्यक्रममा नेपाली काँग्रेस वामीका सभापति सुदर्शन शाक्यको अध्यक्षता रहेको थियो भने कार्य समितिका पदाधिकारीहरु, क्रियाशिल सदस्य, स्थानीय बासिन्दा लगायतको उपस्थिती रुहेको थियो । 

No comments:

Anish gaire. Powered by Blogger.